वि.सं:
नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९

| प्रवेश टिकट दर (भ्याट सहित) | |
| नेपाली नागरिक | रु १००/- |
| सार्क मुलुकका नागरिक | रु १५००/- |
| विदेशी नागरिक | रु ३०००/- |
यसका अतिरिक्त, संखुवासभा जिल्लाका किमाथाङ्का, चेपुवा, हाटिया र पावाखोला क्षेत्रहरू तथा सोलुखुम्बु जिल्लाको नाम्चे गाउँपालिकाको थामे देखि नाङ्पाला जाने उत्तर-पश्चिम क्षेत्र भ्रमण गर्न चाहने विदेशी नागरिकहरूले यी क्षेत्रहरू निषेधित क्षेत्र भएकाले अध्यागमन विभागबाट जारी विशेष ट्रेकिङ अनुमति पत्र लिन अनिवार्य छ।
पदमार्गहरु
गन्तव्य: मकालु बेसक्याम्प
गन्तव्य: मेरा पिक
सधैं दर्ता प्राप्त गाइडको साथमा यात्रा गर्नुहोस् र तोकिएका मार्ग तथा नियमहरू पालना गर्नुहोस्।
सधैं टिकट/ अनुमति पत्र, TIMS कार्ड, र व्यक्तिगत परिचयपत्र साथमा राख्नुहोस्।
उच्च हिमाली क्षेत्रमा यात्रा गर्नु अघि राम्रो तयारी गर्नुहोस्; आराम गर्दै बिस्तारै उचाइमा जाने गर्नुहोस् र लेक लाग्नाको(Altitude sickness) लक्षणप्रति सचेत रहनुहोस्।
मौसम पूर्वानुमान नियमित रूपमा बुझनुहोस, किनभने अचानक मौसम परिवर्तन, हिमपात, पहिरो, र हिमपहिरोका जोखिमहरू हुन सक्छन्।
यात्राको योजना ध्यानपुर्वक बनाउनुहोस्, किनभने होटल र आवास विकल्पहरू सीमित छन् र पर्यटकिय मौसममा पूर्ण रूपमा भरिन सक्छन्।
पर्याप्त नगद, न्यानो लुगा, र आवश्यक ट्रेकिङ तथा प्राथमिक उपचार सामग्री साथमा राख्नुहोस्।
धेरै क्षेत्रमा मोबाइल नेटवर्क कमजोर वा लगभग शुन्य भई तपाईं दुई हप्तासम्म सम्पर्कविहिन हुन सक्नुहुन्छ। यसका लागि पूर्व तयारी गर्नुहोस्, सकेसम्म सेटेलाइट फोन साथमा राख्नुहोस्, र परिवार वा आफन्तलाई अग्रिम जानकारी दिनुहोस्।
एक्लै यात्रा नगर्नुहोस् र अन्धकारमा ट्रेक नगर्नुहोस्।
वन्यजन्तु र प्राकृतिक वातावरणको सम्मान गर्नुहोस्; वन्यजन्तुहरुलाई असुविधा नपुर्याउनुहोस् र वनस्पति, ढुंगा, वा सांस्कृतिक वस्तुहरू सङ्कलन नगर्नुहोस्।
